रिलायबल नेपालको आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भदौ ३१ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।

कम्पनीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ करोड कित्ता सेयर सूचीकृत भएसँगै आइतबारदेखि कारोबार खुला हुने भएको हो ।

कम्पनीको साधारण सेयर भदौ २६ गतेको निर्णयानुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच भदौ २७ गते बुधबार धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । धितोपत्र सूचीकरण सम्झौताको दोस्रो दिनबाट नेप्सेमा कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने प्रावधान छ । तर सरकारले नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक विदा दिएसँगै आइतबारदेखि मात्र सेयर कारोबार हुनेछ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ धितोपत्रको दोस्रो बजारमा आरएनएलआई (RNLI) कारोबार संकेतमा खरिद बिक्री हुनेछ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्यूनतम १६२ रुपैयाँ २९ पैसादेखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसाको ओपनिङ रेन्ज प्रदान गरेको छ । सोही रेञ्जभित्र रहेर कम्पनीको आइतबारदेखि सेयर कारोबार हुनेछ ।

कम्पनीको आव २०७८–७९ मा कम्पनीको प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ । सोही आधारमा कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम १६२ रुपैयाँ २९ पैसादेखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपन रेञ्ज ताेकेको हाे । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थलाई आधार मानेर न्यूनतम र त्यसको तीन गुणासम्मको अधिकतम कारोबार रेञ्ज तोक्ने गरेको छ ।

कम्पनीको आईपीओ साउन ३१ गते बाँडफाँड भएको थियो । कम्पनीको आईपीओ सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेड र त्यसपछि नेप्सेमा सूचीकरण भएकाे हाे ।

सर्वसाधारणमा साउन २३ गतेदेखि २६ गतेसम्म बिक्री खुला गरिएको कम्पनीको आईपीओ ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २५७ मा कुल १ करोड २० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६ लाख कित्ता सामूहिक लगानी कोष र ६ लाख कित्ता कर्मचारीलाई बाँडफाँड गरेको थियो ।

कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, ज्ञानेश्वर रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, ज्ञानेश्वर काठमाडौंबाट हुनेछ ।

रिलायबल नेपाल लाइफको आईपीओ: कतिमा खुल्छ पहिलो कारोबार ?

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजार बने सेयरधनी

रिलायबल नेपाल लाइफको आईपीओमा ७५ सय आवेदन रद्द

रिलायबल नेपाल लाइफको सेयर ३५ प्रतिशत आवेदकले नपाउने, कति पर्यो आवेदन ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।