एभरेष्ट बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति ?

0
Shares

एभरेष्ट बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको २०८० भदौ २७ गते बुधबार साँझ ४ः३० बजे बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आव २०७९–८० को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सतिह १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हालको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँ छ । यस आधारमा बैंकले १ अर्ब ६ करोड ९८ लाख ९ हजार ४४३ रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजन सहित १ अर्ब १२ करोड ६५ लाख ९ हजार ३४४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रुपेयाँ पुग्नेछ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट निर्णय भई बैंकको आगामी वार्षिक साधारण सभामा स्वीकृतिपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सतिह ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकको लाभांश शतप्रतिशत वृद्धि भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।