हाथवे इन्भेष्टमेण्टको आईपीओ बाँडफाँड, ९० प्रतिशत योग्य आवेदकले पाएनन्

0
Shares

हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आज असोज २ गते मंगलबार बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ९० प्रतिशतको हात खाली भएको छ भने १० प्रतिशत आवेदकले मात्र आईपीओ गोलाप्रथाबाट हात पारेका छन् । उच्च आवेदन परेका कारण प्रति एक सय जनामा ९० जनाले मात्र सेयर हात पारेका हुन् । कम्पनीको आईपीओमा आवेदन गरी रद्द भएपश्चिात सेयर पाउन योग्य आवेदक नै १२ लाख ६७ हजार ७०९ जना थिए ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको आईपीओ बाँडफाँडमा १ लाख २१ हजार ३८७ जनाले मात्र सेयर पाएका हुन् । तीमध्ये भाग्यशाली १० जनाले थप १/१ कित्ताका गरी कुल २१ कित्ताका सेयर प्राप्त गरेका छन् । १ लाख २१ हजार ३७७ जनालाई गोलाप्रथाबाट २० कित्ताका दरले २४ लाख २७ हजार ५४० कित्ता सेयर बाँडफाँड गरिएको छ । १० जनालाइ २१ कित्ताका दरले २१० कित्ता सेयर बाँडफाँड गरिएकाे छ ।

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँडका लागि योग्य आवेदन छनौटका लागि लक्की नम्वर २ थुतिएको थियो । यस्तै भाग्यमानी एक जनाको छनौट र ४ नम्बर बल मार्फत गरिएको हो ।

बिक्री प्रबन्धकका अनुसार पहिलो चरणमा १ लाख २१ हजार ३८७ जनालाई २० कित्ताका दरले २४ लाख २७ हजार ७४० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको १० कित्ता सेयर २० कित्ता प्राप्त गर्नेमध्ये पुनः गोलाप्रथा गरी १० जनालाई १/१ कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५९ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।