रिलायन्स लाइफको आईपीओलाई मध्यम रेटिङ , ६३ करोडको आउने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गर्न लागेको आईपीओले मध्यम रेटिङ पाएको छ ।

इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको सुरक्षा जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड चार’ प्राप्त गरेको छ।

कम्पनीले ६३ करोड रूपैंयाँ बराबरको ६३ लाख कित्ता प्राथमिक शेयर निस्कासन गर्दैछ । जसमध्ये केहि प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि सुनिश्चित गरिएको छ ।

रेटिङ गरेसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्नेछ। बोर्डबाट अनुमति पाएपछि कम्प्नीले सर्वसाधारणको लागि शेयर जारी गर्नेछ।

कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड कम्पनी सिद्धार्थ बैँक लगायत प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित संस्था हो। रिलायन्स लाइफ इन्स्योरेन्सले २०७४ मंसिर १ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल ८८ वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल छन्। स्थापना भएको दुई वर्षको अवधिमा कम्पनीले ८८ वटा शाखा सञ्जाल विस्तार गरेको छ।