राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सागर कुमार सिंह

0
Shares

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सागर कुमार सिंह नियूक्त भएका छन् । कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका हुन् ।

कर्मचारी सञ्चय कोषको भदौ २२ गतेको निर्णय अनुसार सिंह राष्ट्रिय बीमा कम्पनीको सञ्चालक चयन भएका हुन् । नवनियुक्त सञ्चालक सिंहले कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायबाट भदौ २७ गते पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।

साथै उनले सोही मितिदेखि कम्पनीको सञ्चालक समितिको सदयको रुपमा पद बहाली समेत गरेको राष्ट्रिय बीमा कम्पनीको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् ।

सिंह कर्मचारी अर्को व्यवस्था नभएसम्मका लागि सञ्चय कोषको प्रतिनिधित्व गर्दै राष्ट्रिय बीमा कम्पनीको सञ्चालक रहनेछन् । यसअघि संस्थामा सञ्चय कोषको प्रतिनिधित्व गर्दै दामोदम प्रसाद अधिकारी सञ्चालक थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।