डिजिटल वालेट ‘नमस्ते पे’का नयाँ प्रयोगकर्ताले ५० रूपैयाँ पाउने

0
Shares

आउँदै गरेको चाडपर्वको अवसरमा डिजिटल वालेट ‘नमस्ते पे’ले नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ ।

जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले ५० रूपैयाँ प्राप्त गर्नेछन् । यो योजना असोज १ गतेदेखि १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

एप डाउनलोड गरी केवाईसी पूर्ण दर्ता गर्ने नयाँ प्रयोगकर्ताले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० रूपैयाँ पाउन सक्छन्। उक्त रकम कुनै पनि लेनदेनका लागि प्रयोग गर्न सकिन्छ ।

प्रयोगकर्ताले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ। कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।