फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको एजीएम असोज २५ मा हुने, यस्ता छन् एजेन्डा ?

0
Shares

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले यहि असोज २५ गते बिहीबार बिहान १० बजे दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ ।
भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा सभा बोलाउने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने, कम्पनी गाभ्ने वा गाभिने तथा विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने सम्बन्धमा समेत आवश्यक छलफल गर्नेछ । विशेष प्रस्तावको रुपमा कम्पनीले साविक प्रबन्धपत्रमा उद्देश्य थप तथा संशोधन गर्ने तथा नियमावलीमा आवश्यक संशोधन तथा थप गर्ने निर्णय समेत गर्नेछ ।

सामान्य प्रस्तावका रुपमा अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८०—८१ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण र कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदको नियुक्ति सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।

साथै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट पुनर्बीमा दलाल ईजाजत पत्र प्राप्त संस्था हो । यसको कार्यालय काठमाण्डौं महानगरपालिका वडा नम्बर १, नक्साल काठमाण्डौंमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।