सामुदायिक लघुुवित्तको ३२ % बोनश पारित, ५० प्रतिशत हकप्रद बिक्री गर्ने

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्थाको शुक्रबार सम्पन्न छैंठौं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट ३२ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

यस्तै बोनसको कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताब समेत पारित गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी दश करोड रुपैयाँ छ । ३२ प्रतिशत बोनश वितरणपछि १३ करोड २० लाख पुग्नेछ । त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पूँजी करिब २० करोड पुग्नेछ ।

साथै साधारण सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा÷नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।

लघुवित्तले साधारण सभा प्रयोजनको लागि मंसिर २० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । जस अनुसार मंसिर १९ गतेसम्ममा कायम लघुवित्तका शेयरधनीले लाभांश पाउनेछन्।