साधना लघुवित्तले ७ करोड बढीको आईपीओ जारी गर्ने, शेयर संचरना परिमार्जन

0
Shares

साधना लघुवित्तले जारी पूँजीको ३२.५ प्रतिशत प्राथमिक शेयर जारी गर्ने भएको छ ।

लघुवित्तको तेस्रो बार्षिक साधारण सभाले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

शनिबार गोरखाको होटल बिसौनीमा सम्पन्न साधारणसभाले जारी पूँजीको ३२.५ प्रतिशतले हुन आउने ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको साधना लघुवित्तले शेयर संरचना परिमार्जन गरी आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले हाल कायम रहेको संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० लाई परिमार्जन गरी संस्थापको ६७.५० प्रतिशत तथा सर्वसाधारणको ३२.५० प्रतिशत शेयर हिस्सा कायम गर्ने भएको छ ।

चुक्ता पूँजी बढाउन सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।