नेपाल इन्स्योरेन्स ७७ वर्षमा प्रवेश, ग्रामिणस्तरसम्म बीमाको पहुँच पुर्‍याउने

0
Shares

नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७७ औँ वर्ष प्रवेश गरेको छ । विसं २००४ सालमा स्थापना भएको कम्पनी ७६ औँ वर्षको गौरवशाली इतिहास पूरा गरि सोमबारदेखि ७७ औं वर्ष प्रवेश गरेको हो ।

७७ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले ग्राहकहरुको अधिकतम सन्तुष्टिलाई ध्यान दिई अगाडि बढ्ने प्रण गरेको छ । साथै आगामी दिनमा समेत अझ उत्कृष्ट व्यवस्थापनका साथ नविनतम सेवाहरु, सूचना प्रविधिको उच्चत्तम प्रयोग, बीमा सम्बन्धी चेतनाका कार्यक्रमहरु सञ्चालन लगायत ग्रामिणस्तरसम्म बीमा सेवाको पहुँच पुयाई लक्ष्य लिएको छ ।

नेपालको निर्जिवन बीमाको क्षेत्रमा गौरवशाली इतिहास बोकेको कम्पनीले प्रचलित ऐन, कानून तथा नियामक निकायहरुद्वारा जारी नीति, निर्देशनहरुको पूर्ण पालना गर्दै नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राख्न सफल भएको छ । ग्राहकहरुको सम्पत्तिको सुरक्षा गरि सेयरधनीहरुको लगानीलाई सुनिश्चित र उचित प्रतिफल दिनेतर्फ कम्पनी अगाडि बढिरहेको जनाएको छ ।

कम्पनी विसं १९९४ सालमा नेपाल सरकारको स्वामित्वमा स्थापना भएको थियो । नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्वामित्वमा तत्कालिन प्रचलित कानुन बमोजिम विसं २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडको नाममा स्थापना भई उद्योग परिषदबाट विसं २००६ सालमा इजाजत प्राप्त यस कम्पनी विसं २०१६ सालमा नाम परिवर्तन भई नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड बनेको थियो । यस्तै वि.सं. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परिणत भई बीमा ऐन २०७९, बीमा नियमावली २०४९ तथा कम्पनी ऐन, २०६३ बमोजिम विगत ७६ वर्षदेखि निरन्तर रुपमा निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले ७७ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थापक एवं सेयरधनी महानुभावहरु, ग्राहकहरु, नियमन निकायहरु, कम्पनीका पूर्व सञ्चालक एवम् कर्मचारीहरु, कम्पनीमा हाल कार्यरत कर्मचारीहरु, सर्भेयरहरू, बीमा अभिकर्ताहरू तथा सरोकारवालाहरुप्रति आभार व्यक्त गरेको छ । आगामी दिनहरुमा अझ सहयोग, सद्भाव, विश्वास, राम्रो काम गर्ने प्रेरणा र हौसला प्राप्त हुनेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।