स्टार हस्पिटलले आईपीओ प्रस्ताव पारित गर्दै, असोज २६ गते एसजिएम आह्वान

0
Shares

स्टार हस्पिटलले सर्वसाधारणमा सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न असोज २६ गते विशेष साधारण सभा (एसजिएम) आह्वान गरेको छ ।

कम्पनीले असोज २६ गते विहान १० बजे स्टाल हस्पिटल प्राङ्गण, सानेपा, ललितपुरमा आह्वान गरेको विशेष प्रस्तावको रुपमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने प्रस्ताव राखेको छ । यस्तै सभाले अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धि प्रस्तावपनि पारित गर्नेछ ।

स्टार हस्पिटल लिमिटेडले ४० करोड सेयर पुँजी बराबरको १०० रुपैयाँ अँकित दरको ४० लाख कित्ता सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । चुक्ता पुँजी करिब ६९ करोड हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार सेयर सहित ८५ करोड चुक्ता पुँजी छ ।

आईपीओ निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा निजी संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पुँजी २ अर्ब भन्दा माथि हुने जानकारी गराईएको छ ।

आईपीओ बिक्रीबाट प्राप्त हुने थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरु सहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, आईभिएफ सेवा र अधिराज्यका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ । यथाशक्य चाँडै नै अन्तराष्ट्रिय बैँकसँग समेत सहकार्य गर्ने सिलसिलामा केही प्रख्यात विदेशी अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गर्ने योजना समेत रहेको बताइएको छ ।

सर्वसाधारणमा सेयर बिक्री गर्न प्रक्रिया अघि बढाउनका लागि कम्पनीले असोज ५ गते मुक्तिनाथ क्यापिटललाई आईपीओ निष्काशनको विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने स्टार हस्पिटल हस्पिटल क्षेत्रको कम्पनीहरूमध्ये आईपीओ जारी गर्ने दोस्रो कम्पनी हो । यसअघि नर्भिक इन्टरनेशनल हस्पिटलले पनि सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार  १४ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।