शेयरको आपूर्ति बढ्दा ओरालो लाग्यो बजार, कारोबारले पनि दिएन साथ

0
Shares

नेप्सेमा सूचीकृत कम्पनीहरुले गतबर्षको मुनफाबाट वितरण गरेको बोनश तथा विगतमा बिक्री गरेका हकप्रद शेयरहरु सूचीकृत हुने क्रमले बजारमा आपूर्ति बढ्दा शेयर बजार घट्न थालेको छ ।

शेयरको आपूर्तिले बढ्दा खरिदको चाप घटेको देखिन्छ । जसले समग्रमा बजार सूचक ओारालो लागेको छ भने । बजार ओरालो लाग्दै गर्दा कारोबार रकममा समेत कमि देखिएको छ ।

सूचीकृत कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको बोनश लाभांश साधारण सभाबाट पारित हुने र बजारमा कारोबारका लागि सूचीकृत हुने क्रम चलिरहेको छ । कतिपय कम्पनीहरुको साधारण सभा नजिकदै छ भने बीमा कम्पनीहरुको लाभांश तथा साधारण सभा घोषणा हुन नै बाँकी छ ।

आइतबार नेप्से ४.९९ अंकले घटेर ११६२ं४३ विन्दुमा झरेकोे छ । यसदिन १८१ कम्पनीको ४२ करोड २४ लाख बराबरको कारोबार भयो। विहिबारको तुलनामा कारोबार रकम १६ करोड कम हो। सबैभन्दा धेरै नेपाल लाइफको करिब पाँच करोड बराबरको शेयर किनबेच भयो ।

यसदिन कारोबारमा आएकामध्य व्यापार, वित्त, अन्य र जीवन बीमा कम्पनीको बाहेक सबै सूचक नकारात्मक रहे । चार समूहको सूचक सकारात्मक रहदा ८ समूहको सूचक ओरालो लागेको छ ।

यसदिन साल्ट्र ट्रेडिङको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेर प्रतिकित्ता १९२९ रुपैयाँ पुगेको छ । माउन्टेन हाइड्रो, नेपाल फाइनान्स तथा कन्चन डेभलपमेन्ट बैंक लगायतको शेयर मूल्य बढेको बजारमा प्रोगेशिभ फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले घटेर प्रतिकित्ता ९८ रुपैयाँमा झरको छ । कृषि विकास बैंक, युनाइटेड मोदी तथा ओरियन्टल होटल लगायतको शेयर मूल्य घटेको छ ।