सिटिजन लाइफको आईपीओ कतिमा खुल्ला पहिलो कारोबार ?

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको पहिलो कारोबार अधिकतम ५१७ रुपैयाँसम्म खुल्ने देखिएको छ ।

प्रिमियम मूल्यमा सेयर जारी गरेको इन्स्योरेन्स कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा सो मूल्यसम्ममा कारोबार खुल्ने देखिएको हो । कम्पनीको सेयर न्यूनतम १७२ रुपेयाँदेखि कारोबार खुल्नसक्ने देखिन्छ । कम्पनीको आर्थिक वर्ष २०७८।७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा छ ।

नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।

भदौ १५ देखि १९ गतेसम्म बिक्री खुला भएको कम्पनीको आईपीओ भदौ २८ गते बाँडफाँड भएको थियो । कम्पनीको ९० लाख कित्ता आईपीओ ९ लाख आवेदकले १० कित्ताका दरले प्राप्त गरेका थिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको सेयर एनआईएमबि एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा बिक्रीमा आएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।