
धितोपत्र बजारसोमबार ऋणात्मक भएपनि जलविद्युत कम्पनीका सेयरधनीहरुले भने मालामाल भएका छन् । ऋणात्मक बजारमा पनि केही जलविद्युत कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भएको हो । आईपीओ बिक्रीपछि घटेको मूल्यमा सेयर किनेका लगानीकर्ताहरुले भने मालामाल नाफा आर्जन गरेका छन् ।
बजार घटेपछि कारोबारीले हालै मात्रै दोस्रो बजारमा कारोबारमा आएका थोरै सेयर पुँजी भएका कम्पनीको सेयर खरिद गरी मूल्य बढाउने प्रयास गरेका हुन् । थोरै पुँजी भएका कम्पनीमा केही हजारमा सेयर उठाउँदा मात्रै पनि बजारमा बिक्री नआउने र पछि महङ्गो मूल्यमा सेयर बिक्री गर्न सहज हुने भएकाले कारोबारीहरु जलविद्युतका सेयरमा लागेका हुन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य करिब दश प्रतिशतभन्दा धेरैले बढेको हो । यसैगरी सयपत्री हाइड्रोपावरको ९.०८, सामलिङ्ग पावरको ८.६८, मध्य भोटेकोशी हाइड्रोपावरको ८.६६ र सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्कीम–२ को इकाईमूल्य ८ प्रतिशतले बढेको हो ।
उता आजको बजारमा शुभम् पावर लिमिटेड र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । शुभम पावरको सेयर मूल्य ९४.५० रुपैयाँ घटेर ८५० रुपेयाँ ५० पैसा र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ४९ रुपैयाँ ३० पैसा घटेर ४४३ रुपैयाँ ७० पैसामा झरेको हो । यस्तै अपर लोहोरेखोला हाइड्रोपावरको ९.९० प्रतिशतले घटेको बजारमा स्वरोजगार लघुवित्त ७.७२ प्रतिशत र एनएमबि माइक्रोफाइनान्सको ३.८२ प्रतिशतले घटेको छ ।
आज नेप्से परिसूचक ५.८९ अङ्कले घटेर २००४ दशमलव ४५ अङ्कमा कायम भएको छ । आज २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर ७८ हजार ४२१ पटक खरिद बिक्री हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये जलविद्युत र म्युचुअल फन्ड बाहेक ११ वटै घटेका छन् । लगानी सर्वाधिक ०.९८ प्रतिशतले घटेको छ भने जीवन बीमा, होटल तथा पर्यटनमुलक र लघुवित्त पनि ०.६० प्रतिशतभन्दा धेरैले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सन नेपाल लाइफको र्साधिक कारोबार भएको छ कम्पनीको ७ करोड ६८ लाख ९६ हजारको सेयर बिनबेच भएको हो । यसैगरी रिलायबल नेपाल लाइफको ६ करोड ५१ लाख ६८ हजार, एनआईसी एशिया बैंकको ४ करोड ६३ लाख ४८ हजार, शिवम् सिमेन्टको ३ करोड ४९ करोड ६२ हजार रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ४३ लाख १३ हजार रुपैयाँको धितोपत्र कारोबार भएको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्वीटी फन्डको ३ लाख १९ हजार ७०० इकाई तथा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २ लाख ५७ हजार ९९४ कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा शीर्ष स्थानमा रहेको सन नेपाल लाइफको १२ हजार ४२३ वटा रहेको छ ।
सोमबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ३८ अर्ब ९२ करोड ८५ लाख रुपैयाँमा समेटिएको छ । आइतबार ३० खर्ब ४४ अर्ब ७१ करोड २० लाख ६७ हजार थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया