माछापुच्छ्रे बैंकले दुवईको माश्रिक बैंकबाट एक अर्ब बढी रकम भित्र्याउने

0
Shares

माछापुच्छ्रे बैंकले दुबइको माश्रिक बैंक बैंकबाट एक अर्ब (एक करोड डलर) भन्दा बढी पैसा ल्याउने भएको छ। बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पूँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै यो रकम ल्याउन लागेको जनाएको छ ।

माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने सम्बन्धी सम्झौतामा आईतबार दुई बैंकका अधिकारीहरुबीच हस्ताक्षर सम्पन्न भएको छ । 

सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशिय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरे ।

माछापुच्छ्रेले १० मिलियन अमेरिकी डलर अर्थात १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरिसकेको छ । राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंक बाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।