स्वदेशी भन्दा वैदेशिक लगानीका उद्योगहरुको क्षमता उपयोग १८ प्रतिशत विन्दुले धेरै

0
Shares

स्वेदशी भन्दा बैदशिक लगानी भएका कम्पनीहरुको क्षमता उपयोग धेरै रहेको छ । अघिल्लो आर्थिक वर्षको तथ्याङकलाई आधार मान्दा स्वदेशी भन्दा बैदेशिक लगानी भएका कम्पनीको क्षमता उपयोग १८.३ प्रतिशत विन्दुले धेरै देखिएको हो।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा उद्योगहरुको औसत क्षमता उपयोग ५८.८ प्रतिशत रहेको छ । सोही अवधिमा बैदेशिक लगानी रहेका त्यसमा पनि उत्पादन मुलक कम्पनीहरुको औसत क्षमता उपयोग ७१.१ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकको अध्ययन अनुसार आर्थिक वर्ष २०७८/७९ मा बैदेशिक लगानी रहेका उत्पादन मुलक उद्योगहरुको औसत क्षमता उपयोग ७१.१ प्रतिशत छ । यो उपयोग प्रतिशत आर्थिक वर्ष २०७७/७८ को तुलनामा ६.२ प्रतिशत विन्दुले धेरै हो । आर्थिक वर्ष २०७७/७८ मा बैदेशिक लगानीमा सञ्चालन भएका उत्पादन मुलक उद्योगहरुको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा यी कम्पनीहरुको कुल बिक्री ४४५ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो बिक्री रकम ३८१ अर्ब ५० करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक लगानी रहेका कम्पनीहरुको रिटर्न अन इक्वीटी भने समान्य घटेर १४.३ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा यस्ता कम्पनीको रिटर्न अन इक्वीटी १४.७ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकको सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।

२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ, आयरल्याण्डबाट २० अर्ब ९० करोड रुपैयाँ , सिङ्गापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको अध्ययनले देखाएको छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।