नबिल ब्यालेन्स्ड फन्ड–२ को आव २०७९-८० को प्रतिफल घोषणा

0
Shares

नबिल ब्यालेन्स्ड फन्ड–२ को आव २०७९–८० बाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल (नगद लाभांश) घोषणा भएको छ । 

योजना व्यवस्थापकको सञ्चालक समितिको असोज ११ गते बिहीबार बिहान ११ः४५ बजे बसेको बैठकले कर सहित ९.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्षान्तसम्मको सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको ९.६ प्रतिशत (कर सहित) को दरले हुन आउने रकम १० करोड ७५ लाख २० हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

नबिल म्युचुअल फन्ड अन्तरगत सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फन्ड–२ को कोष प्रवद्र्धकमा नबिल बैंक लिमिटेड तथा योजना व्यवस्थापक एवं डिपोजिटरीमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड रहेको छ ।

बैठकले प्रतिफल वितरण प्रयोजनथ असोज २६ गते शुक्रबार एक दिनको लागि योजनाको इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार असोज २५ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई इकाईधनी कायम रहने लगानीकर्ताले मात्र प्रतिफल पाउनेछन् ।

नबिल ब्यालेन्स्ड फन्ड–२ ले आव २०७८–७९ बाट इकाईधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गरेको थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।