सामुदायिकले ८५% स्वापमा बिपिडब्लु लघुवित्तलाई प्राप्ती गर्ने, विशेष साधारण सभा आह्वान

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिपिडब्लु लघुवित्तलाई १ बराबर ०.८५३५ को सेयर स्वाप रेसियो (८५.३५ प्रतिशत) अनुपातमा प्राप्ती गर्ने भएको छ ।

सामुदायिक लघुवित्तले स्वाप रेसियोमा मर्जर प्रस्ताव पारितका लागि असोज ३० गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको २२४ औं बैठकले असोज ३० गते मंगलबार बिहान ११ बजे होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा गर्ने निर्णय गरेको छ ।

सभाले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने–गाभिने (मर्जर) का लागि तय भएको सेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गर्नेछ । बिपिडब्लु लघुवित्तसँग मर्जरका लागि १ बराबर शुन्य दशमलव ८५३५ को सेयर स्वाप रेसियो वारे सहमति भएको छ । साथै सभाले मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई जिम्मेवारी दिनेछ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि असोज २१ गते आइतबार एकदिन बुक क्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा असोज १८ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।