मल्टीपर्पस फाइनान्सको साढे १ लाख कित्ता हकप्रद लिलामीमा आउने

0
Shares

मल्टीपर्पस फाइनान्स लिमिटेडको १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको छ । कम्पनीले बिक्रीमा ल्याएको चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रदमा वितरण हुन नसकेको उल्लेखित संख्याको हकप्रद लिलामी प्रक्रियाबाट बिक्री खुला गरिएको हो ।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर कम्पनीले निष्कासन गरेको थियो । सो हकप्रद असोज १२ गते बाँडफाँड भएको हो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४ हजार ३२८ जना सेयरधनीहरूमा १४ लाख ३९ हजार २२७ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । हकप्रद सेयर बाँडफाँडमा नपरेको रकम कम्पनीले असोज १६ गते मंगलबारदेखि सम्बन्धित सेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने जनाएको छ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो । बुकक्लोेजको आधारमा साउन ११ गते बिहीबारसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन पाउने व्यवस्था अनुसार आवेदन माग गरिएको हो ।

फाइनान्सले मुक्तिनाथ क्यापिटलको बिक्री प्रबन्धकत्वमा हकप्रद सेयर निष्कासन गरेको हो । लिलामी हकप्रद सेयर समेत बिक्री तथा बाँडफाँडपछि फाइनान्स कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।