स्वास्थ्यतर्फको नोबेल पुरस्कार फाइजर र मोडर्नाको विकास गर्ने दुई डाक्टर काटालीन र ड्रीउलाई

0
Shares

सन् २०२३ मा स्वास्थ्य तर्फको नोबेल पुरस्कारले एम–आरएनए कोभिड भ्याक्सीन निर्माण गर्ने दुई डाक्टर डा.काटालीन कारिको र डा.ड्रिउ वीसम्यान सम्मानित भएका छन् ।

कोभिड–१९का विरुद्ध जीवन रक्षक सावित भएको मोर्डना तथा फाइजर भ्याक्सीनको अध्ययन गरी निर्माण गरेका दुई डाक्टरहरुले नोबेल पुरस्कार प्राप्त गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावलाई नियन्त्रण गर्नमा भ्याक्सीनहरुको ठूलो भूमिका थियो ।

विभिन्न चरणमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि विभिन्न देशहरुले विभिन्न शैलीमा भ्याक्सीनहरुको उत्पादन गरेका थिए । आरएनए र डिएनए प्रणालीको प्रयोग गरी फाइजर र मोर्डना विकास गरिएको थियो भने एस्ट्राजेनेका, जान्सेन, स्पटनीक, कोन्भीडिसीया र इन्कोभ्याम एडिनोभाइरस भेक्टर भ्याक्सीन प्रजातिमा पर्छन् । यस्तै कोभ्याक्सीन इन्एक्टीभेटेड भाइरस भ्याक्सीनको समूहमा पर्छ ।

एम–आरएनए पद्धतिबाट निर्माण गरिएको मोर्डना र फाइजर भ्याक्सीनले मानिसहरुको प्रतिरोधात्मक शक्ति वृद्धि गरी कोरोना भाइरस विरुद्ध लड्न प्रेरित गर्छ । हाल एमआरएनए प्रविधिको प्रयोग क्यान्सर लगायतका अन्य रोगहरुको उपचार गर्नका लागि समेत अध्ययन भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।