ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को प्रतिफल घोषणा

0
Shares

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को ५ प्रतिशत प्रतिफल (नगद लाभांश) घोषणा भएको छ । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षण कार्य सम्पन्न भए लगतै इकाईधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले आर्थिक वर्ष २०७९–८० बाट इकाईधनीहरुलाई कर सहित ५ प्रतिशतका दरले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको असोज १५ गते दिउँसो ३ बजे बसेको १६५ औं सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।

साथै योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचनापछि प्रकाशित गरिने जनाएको छ ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र प्रवर्द्धक ग्लोबल आइएमई बैंक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।