राष्ट्र बैंकका सञ्चालक शिवाकोटीले सार्वजनिक गरे नयाँ म्युजिक भिडियो, एलिना चौहान र प्रताप दासको स्वर


राष्ट्र बैंकका सञ्चालक एवं पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतकारको समेत छवी बनाएका शिवाकोटीले आफ्नै युट्युब च्यानलमा ‘सुगा नाच्छे पिँजडामा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

उदयीमान तथा चर्चित गायिका एलिना चौहान र गायक प्रताप दासको स्वरमा सार्वजनिक भएको उक्त नयाँ म्युजिक भिडियोको शब्द रचना शिवाकोटीको रहेको छ ।

लामो समयदेखी साहित्यमा समेत कलम चलाउदै आएका शिवाकोटीले युवा पुस्ताको प्रेमभाव झल्किने गरी नयाँ गीत सार्वजनिक गरेको बताएका छन् । यस अघि थुप्रै गीतहरु रेकर्ड गराई म्युजिक भिडियो समेत तयार गरेका शिवाकोटीले गत वर्ष ‘पत्थरको मुटु’ नामक गीती संग्रह प्रकाशन गरेका थिए । फुर्सदको समय साहित्यलाई दिने गरेका शिवाकोटीले हिमालबाट हिउँ पग्लि, कोटेश्व, आएर बस, आएन खबर, दनेहमना घुम्न जाउ र पानी दर्केर लगायतका गीत तथा भिडियो सार्जजनिक गरिसकेका छन् ।

पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् भने अर्जुन पोखरेलले संगीत दिएका छन् ।