नेपाल पुनर्बीमाको बोनस नेप्सेमा सूचीकृत

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस सेयर असोज १७ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ५८ लाख १० हजार ४३७ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष को मुनाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

गत असार १५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार ७ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार कम्पनीले असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुलाई मात्र उक्त बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।