हुन्डाईले शुक्रबारदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने

0
Shares

हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट योजना अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ । हुन्डाईले असोज १९ शुक्रबारदेखि २१ गते आइतबारसम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्न लागेको हो ।

महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदान–प्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने कम्पनीले जनाएको छ ।

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना हुनेछ। लाइफ फूड स्टल लाइभ सांगितिक प्रस्तुति, किड प्ले जोन, गाडी सम्बन्धि आवश्यक विभिन्न डाय टिप्स एण्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् ।
तिनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, एक्सटर ट्रिजर हन्ट, डेलि टेस्ट ड्राइभ एण्ड विन र महिला चालकहरुप्रति लक्षित ‘हुन्डाई ह्वील अन हिल्स’ जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ । कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बस्च तथा ह्वीलपुलका वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेटल सम्पूर्ण नेपालीको महान चाड बडा दशैं २०८० को हार्दिक मंगलमय शुभ कामना व्यक्त गरेको छ ।सदैव आफुलाई आफ्नो परिवारसँग जोडिएर रहन रुचाउँदै लक्ष्मी इन्टरकन्टीनेटलले विगत लामो समयदेखि नेपाली अटो बजारमा आफ्नो एक विशेष पहिचान स्थापित गर्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।