ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ को प्रतिफल वितरणका लागि बुकक्लोज तय

0
Shares

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’ को आर्थिक वर्ष २०७९–८० को प्रतिफल वितरणका लागि बुकक्लोज तय भएको छ ।

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलले फन्डको घोषित प्रतिफल वितरणका लागि असोज २५ गते बिहीबार इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको हो । बुकक्लोज अनुसार असोज २४ गते मंगलबारसम्म नेप्सेमा कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउनेछन् ।

आर्थिक वर्ष २०७९-८० बाट योजनाका इकाइधनीहरुका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ । जसअनुसार इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण हुनेछ ।

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’ फन्ड ग्लोबल आईएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो । दश वर्षे बन्दमुखी प्रकृतिको यस योजनाको कुल आकार १ अर्ब २ करोड ५७ लाख ६३ हजार ६०० रुपैयाँ रहेको छ । यस योजनाको कोष प्रवद्र्धकमा ग्लोबल आईएमई बैंक र कोष व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।