लक्ष्मी क्यापिटल र सनराइज क्यापिटल मर्जरपछि चुक्ता पुँजी ४८ करोड पुग्ने

0
Shares

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटल बीच एक आपसमा गाभिने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्बन्धि समझदारी पत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटलको मुख्य संस्था लक्ष्मी बैंक गत असार २८ गतेबाट सनराइज बैंकसँग गाभिएर लक्ष्मी सनराइज बैंक भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल र सनराइज क्यापिटल पनि एकापसमा गाभिन लागेका हुन् ।

यसअघि यी दुबै सहायक कम्पनीहरुले अलग अलग रुपमा मर्चेन्ट बैकिङ्गलगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गर्दै आएका थिए । मर्जरपश्चात् कम्पनीको चुक्तापूँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।