नेप्से साढे ३५ अंकको गिरावट, सेयरधितो कर्जाको सीमा वृद्धिप्रति चरम असन्तुष्टि

0
Shares

साताको पहिलो कारोबार दिन आइतबारको सेयर बजारमा ३५.६७ अंकको उच्च गिरावट आएको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशन मार्फत सेयर कर्जाको सीमा वृद्धि भएपनि उच्च अंकको गिरावट आउनुले लगानीकर्तामा भने चरम असन्तुष्ट रहेको प्रस्ट हुन्छ ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशनलाई संसोधन गर्दै सेयर बजारसँग सम्बन्धित सेयर धितो कर्जामा लागू क्यापलाई व्यक्तिगततर्फ ३ करोड वृद्धि गरेर १५ करोड र संस्थागततर्फ ८ करोड वृद्धि गरी २० करोड कर्जा सीमा पुर्याएको थियो । लगानीकर्ताले लामो समयदेखि मार्जिन कर्जामा लागू एकल ग्राहक कर्जा उक्त सीमा हटाउन माग गर्दै आएका थिए । उक्त व्यवस्थामा केही वृद्धि भएपनि क्याप नहटेपछि संसोधन पछिको पहिलो दिनमा नै सेयर बजारमा ठूलो गिरावट आएको हो ।

यर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३५।६७ अङ्ले घटेको छ । पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन् ।शेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो ।

बिहीबार ११.०४ अङ्कले घटेको सेयर बजारमा आइतबार २४.६३ अंकले खाडल पर्दै ३५.६७ अङ्कले घटेको छ । बिहानैदेखि घट्न सुरु भएो बजार निरन्तर घटेर १९२१.२४ बिन्दुमा अडिएको छ । कारोबार रकम एक अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँ पुगेको छ । आइतबार २८९ कम्पनीका ५८ लाख १५ हजार १८९ कित्ता सेयर ५९ हजार १७१ वटा संख्यामा खरिद बिक्री भएको छ । बिहीबार २८० कम्पनीका ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर ५० हजार ६९ वटा संख्यामा खरिद बिक्री भएको थियो । बिहीबार १ अर्ब १० करोड ६५ लाख १९ हजारको सेयर कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएको सबै उपसमुहगत सूचक ऋणात्मक बने । जलविद्युत सर्वाधिक २.७२ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम २.३५ प्रतिशत, लाइफ इन्स्योरेन्स २.२८ प्रतिशत, लगानी उपसूचक २.०१ प्रतिशतले घटेको छ । बाँकी १ प्रतिशतभन्दा धेरैले घटेका छन् । बाराही हाइड्रोपावरको सेयर मूल्य आइतबार सर्वाधिक बढेको छ । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशत अर्थात ४८ रुपैयाँ २० पैसाले बढेर ५५१ रुपैयाँ पुगेको छ । यस्तै सिद्धार्थ ग्रोथ स्कीम–२ को इकाईमूल्य ९.४० प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावर, ८.५% प्रतिशत बिओके डिबेञ्चर २०८६, ८.७५% प्राइम डिबेञ्चर २०८५ को मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आइतबार सर्वाधिक गुमाउनेमा हिमालयन लघुवित्त र गरिमा डिबेञ्चर २०८५ शीर्ष स्थानमा छन् । लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात ७५ रुपैयाँ ६० पैसाले घटेर ६८० रुपैयाँ ४० पैसामा झरेको छ भने गरिमा डिबेञ्चर २०८५ को १० प्रतिशत अर्थात ९६ रुपैयाँले घटेर ८६४ रुपैयाँ ४० पैसामा झरेको छ । यस्तै घलेम्दी हाइड्रोपावरको ८.७० प्रतिशत, मायाखोला हाइड्रोपावर ७.१७ र मन्दाकिनी हाइड्रोपावरको ५.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्ट्सको ६ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै रलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ५७ लाख, नबिल बैंकको ५ करोड ३४ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ५५ लाख र एनआईसी एशिया बैंकको ४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आइतबारको गिरावटपछि समग्र बजार पुँजीकरण २९ खर्ब ३० अर्ब ४४ करोड ९१ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन बिहीबारको बजार पुँजीकरण २९ खर्ब ८३ अर्ब ८८ करोड १५ लाख रुपैयाँ थियो । आज मात्रै ५३ अर्ब ४३ करोड रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।