
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २० गते बिर्तामोड र इटहरी छेत्रको संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
तीन सय जना भन्दाबढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरि सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तिनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो ।
उच्च व्यवस्थापन समितिको तर्फबाट डेपुटी सीईओ निराजन कंडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा छेत्रिय प्रबन्धक जितेन्द्र छेत्री लगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
कम्पनीका डेपुटी सीईओ निराजन कंडेलले कम्पनीले अहिलेसम्म गरेका प्रगतिको विवरण, भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए । साथै कम्पनीका चिफ विजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया र तालिम प्रदान गरेका थिए ।
अभिकर्ता पेशामा सफलता प्राप्त गर्नको लागि निरन्तर सिकाई र सम्मानको आवश्यक पर्ने हुँदा कम्पनीले देशैभरी यस्तो खालको कार्यक्रमको आयोजना गरिरहेको छ भने उक्त कार्यक्रममा भाग लिएर अभिकर्ताले उच्च लाभ लिइरहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया