गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा सप्ताहव्यापी पुँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सूचीत गराउने उद्देश्यले गोल्डेनगेट इन्टरनेशनल कलेज, सेन्ट लरेन्स कलेजमा पुँजी बजार साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
यस्तै क्यापिटलले पन्चकन्या ग्रुप र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघमा सेयर बजार अन्तरक्रिया सचेतना कार्यक्रम र पुँजी बजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
विश्व लगानीकर्ता सप्ताह–२०२३ एक हप्ते लामो अभियान हो । जसअन्तर्गत पुँजीबजार, लगानी विस्तारका विषयमा चेतना जगाउने कार्यक्रमहरु गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया