
एनआईसी एशिया क्यापिटलले फोनपेका कर्मचारीलाई लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
एशिया क्यापिटलबाट उपलब्ध हुने सेवाहरु सहित, धितोपत्र बजार, लगानी व्यवस्थापन सेवा तथा लगानी व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा असोज २१ गते आइतबार दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता अनुसार क्यापिटलले फोनपेमा कार्यरत कर्मचारीहरुलाई क्यापिटलले विभिन्न सेवा उपलब्ध गराउनेछ । जसमा लगानी व्यवस्थापन र लगानी व्यवस्थापन परामर्श, निःशुल्क डिम्याट अनि मेरो सेयर खाता, सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को विशेषता, एसआईपीमा सहभागि हुने तरिका तथा फाइदाहरुका बारेमा जानकारी प्रदान हुनेछ ।
साथै धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ र लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया