सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन

0
Shares

सानिमा माई हाइड्रोपावरको बोनस सेयर समायोजनपछि प्रतिकित्ता २९७ रुपैयाँ २७ पैसा मूल्य निर्धारण भएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले बुधबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार कायम अन्तिम मूल्य ३२७ रुपैयाँमा प्रस्तावित १० प्रतिशत बोनस समायोजन गरी समायोजित भाउ तोकेको हो ।

मंगलबार कम्पनीको सेयर बोनस समायोजनपछिको २९७ रुपैयाँ २७ पैसालाई आधार मानेर धितोपत्रको दोस्रो बजारमा खुला भएको छ ।

सानिमा माईले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश विरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव सहितका अन्य प्रस्तावहरु अनुमोदनका लागि कम्पनीले कार्तिक २३ गते बिहीबार सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।