सोनापुर मिनरल्सको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल

0
Shares

भर्खरै आईपीओ बाँडफाँड गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेले सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीले एनआईएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितीको निर्णय अुनसार एनआईएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रार नियुक्तसँगै अब कम्पनीको सम्पूर्ण सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरू एनआईएमबि एस क्यापिटल लाजिम्पाटबाट हुनेछन् ।

कम्पनीको सेयर सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ असोज २४ गते बुधबार बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ९९ प्रतिशत अर्थात १० लाख ३२ हजार १३२ जना आवेदकको सेयर हात पारेका छन् भने ८ हजार ६३८ जनाको हात खाली भएको छ ।निर्देशिका बमोजिम १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर हात पारेका हुन् ।

सोनापुर मिनरल्सको आईपीओ नतिजा कसरी हेर्ने ?
कर्मचारीले नकिनेपछि सोनापुर मिनरल्सको आईपीओ ९९% आवेदकले पाए

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।