घलेम्दी हाइड्रोपावरले बिक्री गर्ने २००% हकप्रदको बुकक्लोज निर्धारण

0
Shares

घलेम्दी हाइड्रो लिमिटेडले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द मिति (बुकक्लोज) निर्धारण गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले २००% हकप्रद सेयर निष्कासनका लागि कम्पनीले कात्तिक ३ गते शुक्रबार बुकक्लोज गर्ने भएको हो । बुकक्लोज अनुसार कार्तिक २ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् ।

घलेम्दी हाइड्रो लिमिटेडले असोज १८ गते बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चुक्ता पुँजीको १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद निष्कासनका लागि अनुमति पाएको थियो । हकप्रद सेयर निष्कासनको मिति भने तय हुन बाँकी छ ।

हकप्रद निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ छ । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि भारी मात्रामा हकप्रद जारी गरेर पुँजी जुटाउन लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।