नबिल ब्यालेन्स्ड फन्ड २ को इकाईमूल्य समायोजन

0
Shares

नबिल ब्यालेन्स्ड फन्ड–२ को इकाईमूल्य समायोजन भएको छ । नेप्सेले फन्डले वितरण गर्न प्रस्ताव गरेको ९.६ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजनपछि फन्डको प्रतिइकाई मूल्य ८ रुपैयाँ ३८ पैसा तोकिएको छ । बिहीबार फन्डको अन्तिम मूल्य ९ रुपैयाँ ३४ पैसा थियो । नेप्सेले बजार मूल्यको दश प्रतिशत वा सो भन्दा धेरै नगद लाभांश वितरण गर्ने कम्पनीको नगद लाभांशमा समेत मूल्य समायोजन गर्दै आएको छ । बोनस सेयरमा भने जतिसुकै वितरण गर्दा पनि मूल्य समायोजन हुने व्यवस्था छ ।

यससँगै आइतबार नबिल ब्यालेन्स्ड फन्ड–२ को समयोजित मूल्यमा इकाईको कारोबार खुला हुनेछ ।

फन्डले कात्तिक १ गतेदेखि ९.६ प्रतिशत प्रतिफल वितरण गर्ने समेत जनाएको छ । प्रतिफल प्रयोजनका लागि योजनाले असोज २६ गते एक दिन बुकक्लोज गरेकाले बुकक्लोजको आधारमा असोज २५ गते बिहीबारसम्म नेप्सेमा इकाई कारोबार भई इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्ने जनाइएको छ । योजना व्यवस्थापकले आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत अनुरोध गरेको छ । इकाई धितोमा राखी कर्जा उपयोग गरेका इकाईधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्नुपर्ने भनाई समेत योजना व्यवस्थापकको रहेको छ ।

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ को योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड र कोष प्रवद्र्धकमा नबिल बैंक लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।