एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा


नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको छ ।

यो लन्चिङ्गले हाम्रो प्राविधिक अनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आईफोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउने जनाएको छ । जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष–स्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिंग सहकार्यका साथ आएको छ।

आइफोन १५ मा अत्याधुनिक प्रविधि, क्यामरा, पातलो र आधुनिक डिजाइन लगायत अन्य विशेषता पनि रहेका छन् ।
एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआईमा उक्त फोन खरिद गर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।