हुन्डाईको कोना ईभी चार वर्षसम्म चलाउँदा पनि ब्याट्रीको हेल्थ ९५ प्रतिशत

0
Shares

नेपालमा हुन्डाईका गाडी बिक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले चार वर्षसम्म चलाइएका हुन्डाइ कोना विद्युतीय गाडीको ब्याट्रीको शक्ति (एसओसी) ९५ प्रतिशतभन्दा बढी पाइएको जनाएको छ ।

असोज १९ देखि २१ गते सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निवल’ मा हुन्डाईले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गर्दा यस्तो पाइएको हो । जसमा २०० भन्दा बढी कोना ईभीको ब्याट्री परीक्षण गरिएको बताइएको छ ।

आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रिसेल भ्यालुका कारण कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको दाबी गरेको हो । सन् २०१९ मा पहिलो ईभी एसयूभीका रुपमा भित्रिएको कोनाका हालसम्म एक हजारभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ । नेपाली बजारमा हालसम्म रहेका विद्युतीय गाडीमा हुन्डाइ कोना सबैभन्दा बढी सफल र अद्धितीय भएको दाबी कम्पनीको छ ।

सन् २०१९ मा भारतबाट सुरु गरिएको इमिसन इम्पोसिबल नामक मिसनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा ७०० किलोमिटरको यात्रा १७ हजार फिटको उचाइ र माइनस १२ डिग्रीको तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको बताएको छ । यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो ।

नेपालमा सन् २०१९ मा पहिलो चोटी लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ । नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १ हजारभन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयुभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो । पाँच वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको कम्पनीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।