सानिमा सेक्यूरिटीजको कारोबार सुरु


सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले असोज २९ गते देखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले संयुक्त रुपमा गरे ।

उद्घाटन् समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा सेक्यूरिटीजले साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।