नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

आज २८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता सेयर ४५ हजार ४५६ पटक किनबेच हुँदा एक अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह एक दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव ३० र बैंकिङ समूहको उपसूचक एक दशमलव १० प्रतिशतले बढेको छ ।

आज एनआइबिएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको ४ करोड ६२ लाख ६९ हजार दुई सय ४८ बराबरको एक लाख ५९ हजार पाँच सय ४७ कित्ता सेयर किनबेच भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।