एनआईसी एशिया बैंक र भिसा को सहकार्यमा १०% क्यासव्याक अफर

0
Shares

एनआईसी एशिया बैंकले नयाँ बर्ष २०२० को अवसरमा भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम १५ सय सम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।

यो योजना ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म लागू हुने बैंकले जनाएको छ ।

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम ५ सय तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ ।

यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहको छ ।