कामना सेवा विकास बैंकको लाभांश पारित, १७ करोड २७ लाख नगद बाड्ने

0
Shares

कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल बैंकको चुक्तापूँजी २ अर्ब ५४ करोड एक लाख ९५ हजार रुपैयाँ छ । बैंकले १७ करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

यसका साथै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वीजीशनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म शेयर दाखिल खारेज बन्द गरेको थियो । यसअनुसार मंसिर २९ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभाामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको बताए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।