तीन महिनापछि भारतले फुकुवा गर्यो चामलमा लगाएको प्रतिबन्ध

0
Shares

भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध तीन महिनापछि फुकुवा गरेको छ । यससँगै भारतले नेपालमा ९५ हजार टन चामल निर्यात गर्ने भएको हो ।

गत जुलाई २० मा भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । जलवायु परिवर्तनका कारण उत्पादनमा ह्रास आएको र चाडपर्वको समय नजिकिँदै गर्दा आन्तरिक माग बढ्ने कारण देखाउँदै भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतले प्रतिबन्ध लगाएपछि नेपाल सरकारले भारत सरकार समक्ष निर्यात परिमाणको कोटाको सीमाका आधारमा १ लाख टन चामल र ५० हजार टन चिनीका लागि आग्रह गरेको थियो । तर भारत सरकारले १० लाख ३० हजार टन चामल निर्यात गर्ने निर्णय गरेको छ ।

भारतले नेपाललाई ९५ हजार टन, केमरुनलाई १ लाख ९० हजार टन, गुनियालाई १ लाख ४२ हजार टन, मलेसियालाई १ लाख ७० हजार टन, फिलिपिन्सलाई २ लाख ९५ हजार टन, सेचीलिसलाई ८०० टन र कोटडी ‘इभोरलाई १ लाख ४२ हजार टन चामल निर्यात गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।