सोनापुर मिनरल्सको आईपीओ नेप्सेमा सूचीकृत, दसैंपछि दोस्रो बजारमा कारोबार खुल्ने

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार कम्पनीको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँका दरका सेयर सूचीकृत भएको हो ।

बिहीबार सेयर सूचीकृत भएसँगै दसैं लगत्तैदेखि कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि काराेबार खुल्ने व्यवस्था छ । नेप्सेमा कम्पनीको सेयर एसओएनए (SONA) संकेतमा कारोबारमा आउनेछ । कम्पनीको सेयर कार्तिक १ गते बुधबार नै सम्बन्धीत सेयरधनीको हितग्राही खाता (डिम्याट) मा जम्मा भैसकेको छ ।

सोनापुरको धितोपत्र कारोबारका लागि कम्पनीले न्यूनतम १४२ रुपैयाँ १ पैसादेखि अधिकतम ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज तोकेको छ । दिनदेखि नेप्सेमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थलाई आधार मानेर त्यसको तीन गुणासम्मको ओपनिङ्ग रेञ्ज दिने गरेको छ ।

कम्पनीको सर्वसाधारण लगानीकर्तामा चुक्ता पुँजीको ४० प्रतिशतका दरले हुन आउने १ करोड २३ लाख २०० कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको चुक्ता पुँजीको ६० प्रतिशतले हुन आउने १ करोड ८४ लाख ५० हजार ३०० कित्ता सेयर गरी कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

कम्पनीले सेयर सूचीकरण पश्चात सेयरधनीले एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाटबाट आरटीएस सेवा प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।