रातो पोतिएर बन्द भयो दसैंअघिको सेयर बजार

0
Shares

दसैंअघिको सेयर बजारमा रातो पोतिएर बन्द भएको छ । अन्तिम कारोबार दिन बिहीबार बजार सूचक सामान्य अंकको गिरावटमा बन्द भएको हो । नेपाल धितोपत्र बोर्डले दश प्रतिशतले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै बुधबार ४३ अंक बढीले बढेर बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.०५ अंकले घटे।र १९०३.८४ बिन्दुमा झरेर बन्द भएको छ । आज २८४ कम्पनीको ३७ लाख ६६ हजार १५३ कित्ता सेयर २५ हजार ५२० पटक किनबेच हुँदा कारोबार रकम ९७ करोड ६ लाख १२ हजार ८९२ रुपैयाँमा समेटिएको छ ।

कारोबारमा आएका उपसमुहगत सूचक मिश्रित देखिएका छन् । आज बैंकिङ्ग, लगानी, म्युचुअल फन्ड र अन्यको इन्डेक्स सामान्य बढेका छन् । ९ वटा उपसमुगत सूचक रातो भएकोमा जलविद्युत ०.९६ प्रतिशत, फाइनान्स ०.९० प्रतिशत, निर्जीवन बीमा ०.४३, लघुवित्त ०.३८, जीवन बीमा ०.३४, होटल तथा पर्यटन ०.३२ र विकास बैंक ०.२५ प्रतिशतले घटेको छ ।

आज सिटिजन म्युचुअल फन्डको इकाई सर्वाधिक ५.८७ प्रतिशतले बढेको छ भने बिपिडब्लू लघुवित्त ४.७६ र सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य ४ प्रतिशतले बढेको छ । यस्तै गरिमा डिबेञ्चर २०८५ को ३.९९ प्रतिशत तथा सानिमा जीआईसी इन्स्योरेन्सको सेयरमूल्य ३.९२ प्रतिशतले बढेको छ ।

उता अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य सर्वाधिक ८.२५ प्रतिशतले घटेर २४७ रुपैयाँमा झरेको छ । यसैगरी इन्फिनिटी लघुवित्तको ६.७३ प्रतिशत, आशा लघुवित्त ६.६१ प्रतिशत, सयपत्री हाइड्रोपावरको ५.२२ प्रतिशत र ज्योति विकास बैंकको सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ ।

यसैगरी नबिल बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड ९० लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । दोस्रो ठूलो कारोबार भएको प्रभु बैंकको संस्थापकको ५ करोड १५ लाख, नबिल बैंकको साधारण सेयर ३ करोड ९० लाख, घलेम्दी हाइड्रोपावरको २ करोड ८१ लाख र सानिमा जीआईसी इन्स्योरेन्सको २ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको १ हजार ७५१ वटा संख्यामा सेयर कारोबारमा आएको छ । यस्तै कारोबार कित्ताका आधारमा प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा धेरै ४ लाख ७७ हजार २०० कित्ता सेयर किनबेच भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।