पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै अवसर सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीको जोड

0
Shares

पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीहरूले जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने उनीहरूको धारणा छ ।

वातावरणका मुद्दाहरुमा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धता पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील यजवेल यज सेफ्टी एण्ड हेल्थ परियोजना संचालन गरिरहेको छ ।
सोही परियोजना अन्तर्गत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरुको हरित वृद्धि अभ्यास अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुुग्ने सबैलाई बुुझाउनुु पर्ने सुुझाव थियो ।

हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सृजना हुने धारणा सहभागी विज्ञहरूको धारणा छ । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रलाई जलवायु परिवर्तनका मुद्दामा सचेत गराउंदै दीगो आर्थिक विकासमा काम गर्न सहयोग पुर्याउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरेको जानकारी दिए । पछिल्लो पटक नेपालले अन्तराष्ट्रिय मंचमा जलवायु परिवर्तनका मुद्दालाई लिएर गरेको प्रतिबद्धतालाई समेत पुरा गर्ने अभिप्रायले महासघले आइएलओको सहयोगमा ग्रीन इकोनोमीको विषयलाई अगाडि बढाएको ढकालले स्पष्ट पारे ।

महासंघको प्रदेश च्याप्टरका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालीम र दीगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीहरु बीच वुुझन सहयोग पुुगेको बताए । महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालीम निर्देशिका र वातावरण विज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रीन इकोनोमिका पछिल्ला अभ्यास र नेपालले अवलम्वन गर्नुपर्ने उपायहरुका वारेमा आफनो प्रस्तुुति दिएका थिए ।

परियोजना अन्तर्गत सदस्य वस्तुुगत संघका लागि कार्यसंचालन विधि, कार्यस्थलमा आधारित सिप विकास निर्देशिका र ग्रीन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गर्ने कार्यक्रम महासंघले आगामी दिनमा गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।