“बाडौं खुशी चडौं सुजुकी” योजनामा राजिप नागाले जिते सुनको सिक्का

0
Shares

भक्तपुरका राजिप नागाले सुजुकीले ल्याएको दशैं विशेष योजनामा सुनको सिक्का जितेका छन् । उनले “बाडौं खुशी चडौं सुजुकी” योजनामा उक्त सिक्का जितेका हुन् ।

भि.जि. अटोमोबाईल्सले यहि कार्तिक २ गते टेकु सोरुममा गरेको फेसबुक लाईभ मार्फत दास्रो बम्पर विजेता घोषणा गरेको हो । यससँगै दोस्रो बम्पर बिजेता बनेका राजिप नागाले १० ग्राम सुनको सिक्का जितेका हुन् ।

यो योजना लागु भए देखि १५ दिनमा नेपालभरका खरिदकर्ताहरुलाई समावेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो विजेता बन्न सफल भएका हुन् । उनले टेकु स्थित सोरुमबाट एभिनिस १२५ सिसि स्कुटर खरिद गरेका थिए ।

बाडौं खुशी चडौं सुजुकी योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार छुट समेत दिएको छ । यस्तै ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्याङ्घन प्राप्त गर्न सक्नेछन् । यस्तै शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ ।

भि.जि. अटोमोबाईल्स प्रा.लि. सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।