नेपाल टेलिकमको ग्रुप एसएमएस मार्फत एकैपटक धेरैलाई पठाउनुहोस शुभकामना सन्देश

0
Shares

नेपाल टेलिकमले आउँदै गरेको बडादशैंलाई लक्षित गरी ग्रुप एसएमएस सेवा पुनः सुचारु गरेको छ । यस सेवा मार्फत प्रयोगकर्ताहरुले आफन्त र साथीभाईहरुलाई एकैपटक दशैंको शुभकामना सन्देश पठाउन सक्छन् ।

ग्रुप एसएमएस सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ । यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुपएसएमएस) सेवा नेपाल टेलिकमले उपलब्ध गराएको छ ।

यसरी एसएमएस पठाउँदा प्रति सन्देश ५० पैसामा पठाउन सकिन्छ । टेलिकमले यो सेवा प्रयोग गर्ने प्रयोगकर्ताका लागि विशेष अफर समेत ल्याएको छ । जसअन्तर्गत ग्राहकलाई २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्छ । यस्तै २ हजार ५०० रुपैयाँमा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ ।

साथै ५ हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर नलाग्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीको भनाइ रहेको छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने छ ।

यो सेवाप्रयोग गर्नका लागि ग्रपएसएमएस डट एनटीसी डट नेट डट एनपीमा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरी यही प्रक्रिया दोहोर्याई आफूले चाहे बमोजिका मोबाइल नम्बरमा सन्देश पठाउन सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।