बुद्ध एयरको नयाँ जहाजले एक महिनाभित्र व्यवसायिक उडान सुरु गर्ने

0
Shares

बुद्ध एयरले नाइनएन–एओसी कलसाइन रहेको एटिआर–७२ जहाज शुक्रबार भित्र्याएको छ । नयाँ जहाजले एक महिना भित्रमा व्यवसायिक उडान सुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया र्पुयाई एक महिनाभित्र कम्पनीले उडान सेवा सुरु गर्नेछ ।
नयाँ जहाज खरिद गरेसँगै बुद्ध एयरलाइन्समा जहाजको कुल सङ्ख्या १७ पुगेको हो । हाल कम्पनीसँग ३ वटा एटिआर–४२–३२० मोडलको जहाज र १४ वटा एटिआर–७२–५०० मोडलका जहाजहरु छन् ।

उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्र्हरूले आफ्नो समय अनुकूल उडान भर्न सक्ने बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले भने । थपिएको जहाजका कारण नियमित मर्मत सम्भारमा पनि सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

हाल बुद्ध एयरले दैनिक १५० भन्दा बढी आन्तरिक उडान भरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।