एनएलजी इन्स्योरेन्सले माग्यो ६६ प्रतिशत हकप्रद बिक्री अनुमति

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको छ ।

कम्पनीले कार्तिक २ गते बिहीबार १० कित्ता बराबर ६.६ कित्ता सेयर अनुपातमा ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको हो ।

हाल कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७६ हजार रुपैयाँ रहेको छ । अनुमति मागेको ६६ प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

धितोपत्र बोर्डले अनुंमति दिएपछि मात्र कम्पनीले हकप्रद निष्कासन गर्ने छ । हकप्रद सेयर बिक्रीका लागि एनएलजीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।