हिमालयन लाइफले व्यतित बीमालेखमा छुट दिने

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना) मा छुट सुविधा ल्याएको हो ।

साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई ब्यतित भएका बीमालेखहरुमा यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बीमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको कम्पनीले जनाएको छ ।

तीन वर्षसम्मको बीमालेख व्यतीत अवधिमा ब्याज र जरिवाना शतप्रतिशत छुट हुने कम्पनीले जनाएको छ । त्यस्तै, तीन वर्ष माथिदेखि ७ वर्षसम्मको अवधिको ब्याज र जरिवानामा ५० प्रतिशत छुट हुनेछ भने सात वर्षदेखि जतिसुकै अवधिकोमा ब्याज र जरिवाना २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस किसिमको ब्यतित बीमालेखमा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने हिमालयन लाइफले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।