मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ म्युुचुअल फन्ड-१ सञ्चालनमा ल्याउने

0
Shares

मुक्तिनाथ क्यापिटल लिमिटेडले ‘मुक्तिनाथ म्युचुअल फण्ड–१’ फन्ड सञ्चालनमा ल्याउने भएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले को व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।

मुक्तिनाथ क्यापिटलले एक अर्ब रुपैयाँको बन्दमुखि प्रकृतिको सामुहिक लगानी कोष योजना सञ्चालनमा ल्याउनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाले प्रतिइकाई १० रुपैयाँ दरका १० करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको छ ।क्यापटलले असोज २६ गते प्रतिइकाई १० अंकित मूल्यका १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो ।

धितोपत्र बोर्डको पाइपलाईनमा मुक्तिनाथ म्युचुअल–१ बाहेक अन्य ७ वटा सामुहिक लगानी कोष योजना सञ्चालन अनुमतिको पर्खाइमा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।